हरिवन,बैशाख -८, एकिकृत समाजवादीका नेता एवम् प्रदेश सांसद डिल्ली प्रसाद उप्रेतीले आफू जनप्रतिनिधि भएपछि सुविधा वापत राज्यकोषबाट प्राप्त गरेकाे सम्पूर्ण रकम ट्रष्टमा नाममा जम्मा गरेका छन् ।
शैक्षिक क्षेत्रकाे सुधार तथा दिन दु:खीकाे सेवामा खर्च गर्ने घाेषणाा गर्दै सांसद उप्रेतीले २० लाख रुपैयाँको चेक उक्त पार्टीका नगर अध्यक्ष चुडामणि वाग्लेलाई हस्तान्तरण गरेका हुन ।
सांसद उप्रेतीले यश अघिनै आफूले जनप्रतिनिधि भएपछि राज्यबाट पाएकाे सेवासुविधा वापतकाे सम्पूर्ण रकम ट्रष्टमा जम्मा गर्ने घाेषणा गरेका थिए ।
सांसद उप्रेती अझै रकम थप गरिने वचन बद्धता व्यक्त गरेका अध्यक्ष वाग्लेले बताए ।उनका अनुसार नेता उप्रेतीले प्रदान गरेकाे रकम तत्काल ट्रष्ट स्थापना गरी जम्मा गरिने छ ।
नेता उप्रेती २०४९ सालमा भएकाे स्थानीय तह निर्वाचनबाट पहिलाे पटक तत्कालीन हरिवन गाविस उपाध्यक्ष र २०५४ सालमा गाविस अध्यक्ष भएका थिए । २०७४ सालकाे निर्वाचनमा एमालेबाट सर्लाही क्षेत्र नम्बर ३(क) बाट प्रदेश सांसदमा विजयी भएका नेता उप्रेती केपी वलीकाे कदमबाट रुष्ट भई मावध नेपाल पक्षमा लागेका हुन्।