सर्लाही,बैशाख- २, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा वली भाेली (शनिवार) सर्लाही सदरमुकाम मलंगवा आउने भएका छन् ।
अध्यक्ष वली नेकपा एमाले सर्लाही जिल्ला कमिटिले आयोजना विशाल पार्टि प्रवेश कार्यक्रममा सहभागि हुन सर्लाही आउने कार्यक्रम रहेको नेकपा एमालेले जनाएको छ। उनी पार्टीले मलंगवा नगरपालिका–२, मा रहेको कवडहल परिसरमा हुने पार्टि प्रवेश कार्यक्रमलाई सर्लाही आउन लागेका उक्त पार्टीले जनाएको छ । सोही कार्यक्रममा अध्यक्ष वलीले विभिन्न पार्टिका ३५ सय भन्दा बढीलाई पार्टीमा स्वागत गर्ने जनाएको छ ।
नेकपा एमाले जिल्ला कमिटि सर्लाहीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न बृहत तयारी गरिएको जनाएको हो । सभालाई ब्यवस्थित गर्न ५ सयको हाराहारीमा विभिन्न संगठनमा आवद्ध युवाहरु परिचालन गरिने उल्लेख गरेको छ । सभामा गाउँ गाउँबाट हजारौं नेता कार्यकर्ता कार्यक्रम स्थलमा उतार्ने तयारी रहेको एमालेका एक नेता केदार मैनाली (जीएन)ले जानकारी दिए ।
कार्यक्रममा कविलासी नगरपालिकाका नगर प्रमुख कौशल किशोर राय, बसवरिया गाउँपालिकाका गत स्थानीय चुनावका प्रत्यासी राम बिश्वास राय लगाएत पार्टि प्रवेश गर्न लागेका नेकपा एमलेका जिल्ला कमिटी सचिव बिदुर प्याकुरेले जानकारी दिए । पार्टिमा पछिल्लो समय जनताको आकर्षण बढ्दै गएको र सोही कार्यक्रमलाई सम्बोधन गर्न पार्टिका केन्द्रिय अध्यक्ष सर्लाही आउन लागेका पार्टिका केन्द्रिय सदस्य बद्रि न्यौपानेले बताए ।
दिउसो १ बजे हेलिकप्टरबाट मलंगवामा उत्रने अध्यक्ष वली कार्यक्रमलाई संम्बोधन पछि पाैने ३ बजे नेपालगंज प्रस्थान गर्ने उक्त पार्टीले जनाएको छ ।