सर्लाही,बैशाख -२,हरिवन नगरपालिकाका प्रमुख (मेयर) गेण प्रसाद प्रसाईंले जनप्रतिनिधिले पाउने सुविधा अन्तर्गत प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गरेका छन् ।


मेयर प्रसाईंले आज (शुक्रवार ) बिहान नगरपालिकामा निमित्त  प्रमुख प्रशासकीय अधिकृत नवराज निराैलालाई गाडीको साचो हस्तान्तरण गरेका हुन ।


मेयर प्रसाईंले निर्वाचन आचारसंहिता लागू भैसकेकाले राज्यले  आफुलाई सुविधाकोरूपमा दिएको गाडी लगाएतका अन्य सेवामा नलिने घाेषणा गरे । सुविधा अन्तर्गत गाडी,भत्ता र माेवाईलकाे सिम पर्दछ । चैत २२ गते बसेकाे कार्यपालिका  बैंकबाटै मेयर र अन्य जनप्रतिनिधिले सेवा सुविधा नलिने घाेषणा गरेकाे थियोे ।
निर्णय अनुरूप  बैशाख १ गतेदेखि नै आफुलगायत अन्य जनप्रतिनिधिलेसमेत सेवा सुविधा नलिएका र आफुहरुले प्रयाेग गरेका सवारीसाधनहरु नगरपालिकालाई फिर्ता गरेकाे प्रमुख प्रमुख प्रसाईंले जानकारी दिए।
बैशाख १ गते नै  फिर्ता गर्ने तयारी रहे पनि बिदा परेका कारण आज मात्र हस्तान्तरण गर्न सम्भव भएको नगर प्रमुख गणेश प्रसाद प्रसाईंले बताए ।
हरिवन नगरपालिकाका ११ वटा वडाहरु मध्य ५ जना वडा अध्यक्षहरुले सरकारी सवारीसाधन नै प्रयाेग गरेका थिएनन् । हरिवन नगरपालिका ७ देखि ११ सम्मका वडा अध्यक्षहरुले सरकारी सवारीसाधन नलिएका र १ देखि ६  सम्मका वडा अध्यक्षहरुले सरकारी सवारीसाधन प्रयाेग गरेका हरिवन नगरपालिकाले जनाएको छ ।
यश अघि हरिवन नगरपालिकाका प्रमुख प्रसाईंले स्कारपियाे,उप प्रमुख रेणुका पाैडेलले टाटा सुमाे र ६ जना वडा अध्यक्षहरुले सरकारी माेटरसाईकल प्रयाेग गरेका थिए ।