एसपी यादव/काठमाडौ, चैत- ३०,मंगलबार सिंहदरबार स्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सभाहलमा आयोजित आ. व. २०७९/०८० को बजेट, निति तथा कार्यक्रम सम्बन्धि अन्तरक्रियामा संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले  देशलाई कृषिमा आत्मनिर्भर तथा निर्यातमुलक बनाउनका लागि सरकारले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्ने  बताएका छन् ।


बजेटमा वृद्धि गर्नुपर्ने बताउदै मन्त्री यादवले, विगत देखिको कृषिमा न्यून बजेट छुट्याउने राज्यको सोचलाई परिवर्तनका निम्ति अगामि आ. व. २०७९/८० को बजेटमा कृषि मन्त्रालयले आवश्यकता अनुसारको बजेट माग तथा वृद्धिका लागि आवश्यक पहल थालेको  बताए ।


अन्तरक्रिया कार्यक्रममा अगामि आ. व. का लागि प्रदेश र स्थानीय तहका प्राथमिकताहरुका सम्बन्धमा किसान तथा राजनीतिक दलका प्रतिनिधिहरु बिच छलफल समेत भएको थियो ।
मन्त्री यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशका कृषि मन्त्रीहरु, किसान प्रतिनिधिहरु, मन्त्रालयका सचिव द्वय डा. गोविन्द प्रसाद शर्मा र निरु दाहाल पाण्डे, सह- सचिव एवं प्रवक्ता प्रकाश कुमार सन्जेल, मन्त्रालय मातहतका कर्मचारीहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।