प्रतिकात्मक तस्विर ।

सर्लाही, चैत—२९,सर्लाहीको मलंगवामा मंगलवार दिउसो करेन्ट लागेर एक युवको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नगरपालिका वडा नं.—९,का रघुनाथ साह गुप्ताको छोरा अन्दाजी ३६ वर्षका अवधेश साह रहेका छन् ।


मंगलवार दिउसो २:२० मा साहलाई आफ्नै घरमा रहेको मोटर जोडेको कलधारा चलाउने क्रममा अचानक करेन्ट लागेको थियो । अचानक करेन्ट लागि घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनाको अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरी प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।