सर्लाही,चैत -२८,सर्लाहीको हरिपुरमा नगरपालिका का १४ हजार ४ सय जनाले टाईफाइड विरूद्धकाे खाेप लगाउन पाउने भएका छन् ।
१५ महिना देखि १५ बर्ष सम्मका बालबालिका तथा किशोर किशोरीलाई उक्त खाेप लगाउन लागिएको हरिपुर नगरपालिका का स्वास्थ्य शाखा प्रमुख बिकाउ महताेले जानकारी दिए ।
नगर प्रमुख जमिरूदिन मन्सुरकाे प्रमुख आतिथ्यतामा साेमवार हरिपुर नगरपालिकाकाे सभाहलमा भएको नगर स्तरीय टाईफाइड खाेप सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख महताेले नगरका भित्रका २० वटा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा विद्यालय बाहिर रहेका लक्ष्यित समुहलाई खाेप दिन लागिएको बताए ।
नगर प्रमुख जमिरूदिन मन्सुरले टाईफाइड विरूद्ध खाेप लगाएपछि राेग प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले सवैलाई खाेप कार्यक्रममा सहभागी भएर लाभ लिन आग्रह गरे ।दाेस्राे चरणको कार्यक्रम अन्तर्गत हरिपुरमा वैशाख ४ गतेदेखि ९ गते सम्म ६ दिन टाईफाइड खाेपकाे शुरूवात डाेज दिईदैछ ।
स्वास्थ्य शाखा प्रमुख बिकाउ महताेले अरू देशमा याे खाेप लगाईएकाे र त्यहाँ यसको नकारात्मक प्रभाव नरहेकाले ढुक्क भएर लगाउ आग्रह गरे । टाईफाइडका कारण बढी मृत्युदर भएकाे देशमा याे खाेप कार्यक्रम सञ्चालन भएको बताउँदै स्वास्थ्य शाखा प्रमुख महताेले नेपालमा पनि मृत्युदर बढीनै रहेकाले नेपाल सरकारले नियमित खाेप कार्यक्रम अन्तर्गत टाईफाइड विरूद्धकाे खाेप लगाउन सुरु गरेको जानकारी दिए । कार्यक्रममा नगर प्रमुख ,वडाध्य,सञ्चारकर्मी तथा अन्यकाे उपस्थिति रहेको थियो ।
सर्लाहीमा पहिलो चरणमा चैत्र २५ गतेदेखि ३० गते सम्म सदरमुकाम मलंगवासहित ब्रह्मपुरी, हरिवन, हरिपूर्वा, ईश्वरपुर, चन्द्रनर, बागमती, पर्सा, लालबन्दी र बरहथवा गरी १० पालिका र दोश्रो चरणमा बलरा, रामनगर, बसवरिया, धनकौल, विष्णु, गोडैता, कौडेना, चक्रघट्टा, कविलासी र हरिपुर गरी १० पालिकामा खोप दिन लागिएको हाे ।