सर्लाही, चैत -२३,बुधवार साँझ सर्लाही सदरमुकाम मलंगवामा गोली लागि घाइते भएका युवकको मृत्यु भएको पुष्टि भएको छ । उनि भारतीय नागरिक रहेको खुलेको छ ।
सदरमुकाम मलंगवा नगरपालिका–८, स्थित ओम पेट्रोल पम्प नजिकै अज्ञात व्यक्ति ले गाेली प्रहार गर्दा भारत विष्णुपुर आधार पञ्चायत घर भएका अन्दाजी ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । महतोलाई गय साँझ ७ः३० बजेतिर गोली प्रहार भएको स्थानीयलृ बताएका छन् ।
घाइते महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याईएकाेमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
महतोलाई बीआर ३० ए ८५४५ नम्वरको मोटरसाइकलमा भारततर्फबाट आउँदै गर्दा मोटरसाइकलमै आइरहेका अज्ञात व्यक्तिले गोली प्रहार गरेर भगेका थिए । मृतक महतोको पाखुरा, करङ्गसहित शरीरका तीन स्थानमा गोली लागेको प्रहरीले जनाएको छ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।