चियोचर्चो समाचारदाता
मलंगवा, माघ ३ –
जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र र संघीयता खतरामा परेको आरोप लगाएका छन् ।
सदरमु काम मलंगवामा शनिवार जसपाले आयोजना गरेको जनप्रदर्शन एवं बिरोध सभालाई सम्बोधन गर्दै नेता महतोले संसद बिघटनको कदम असंबैधानिक र अलोकतान्त्रिक रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले संबिधानमै नरहेको व्यवःथा लागु गरेर देशलाई प्रतिगमनको दिशामा धकेलेको आरोप लगाएका हुन् ।
संविधानको कुनै पनि धारामा संसद बिघटनको व्यवःथा नरहेको उनको भनाई छ । ओलीले आफु खुशी संसद बिघटन गरेर देशलाई बर्बाद गर्न लागि परेको नेता महतोले दाबी गरेका छन् । प्रधानमन्त्रीले ३ वर्षमै जनताको मतलाई अपमानित गर्ने काम गरेको उनले बताए । जनताको मत र लोकतन्त्रमाथि प्रहार गर्दै ओलीले प्रतिगमनमाथि प्रतिगमन गर्दै छ । ‘ठुल्ठुला आन्दोलनबाट प्राप्त भएको उपलब्धीलाई हत्या गर्ने काम भएको छ’ महतोले भने ।. ओलीले राणा र राजा जःतो शासन गर्न खोज्दै छन्, महतोले भने,अहिलेको कदम लोकतान्त्रिक मुल्यमान्यता माथिको आक्रमण भएको हो । संविधानको रक्षक नै भक्षक भएका छन् । जनताको अधिकारमाथि डकैती भएको छ । ठुलो तानाशाह बन्न खोजिएको छ ।’
संविधान बनाउने बेलामा हिमाल, पहाड, तराई मधेशको जनतासंग बिभेद गरेको ओलीले फेरी असंबैधानिक कदम चालेर देशलाई अनिर्णयको बन्दी बनाउने काम गरेको उनले बताए । प्रचण्ड र ओली बिचको झगडाको कारण जनतालाई दुःख भएको महतोले बताएका छन् । आफैले बनाएको संविधानलाई आफैले लत्याएको उनले आरोप लगाए ।. स्वार्थ पुरा गर्नका लागि संविधान विपरीत काम प्रधानमन्त्री ओलीले गरेका छन्, यस्तै कदमका कारण देशमा ६ वटा ख्याल नगर्दा निर्वतमान संघीय सांसद प्रमोद साह, प्रदेश सांसद संजयकुमार यादव, निराकुमारी साह र केन्दीय सदस्य अशोक सिंह कोइरीले आशन ग्रहण नगरेका हुन् । उनीहरु दर्शक दीर्घामा नै बसे ।