जनकपुरधाम,चैत -२१,नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति  एवम् महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले प्रदेश संगठन विभाग प्रमुखको जिम्मेवारी प्राप्त गरेका छन् ।
मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवकाे सभापतित्वमा साेमवार (आज) जनकपुरमा सम्पन्न बैठकले उपसभापति  सिंहलाई प्रदेश संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको हाे ।
उपसभापति सिंहलाई नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा १३ (११) वमोजिम उक्त जिम्मेवारी प्रादान गरिएको नेपाली कांग्रेस मधेस प्रदेशका मुख्य सचिव सन्तु प्रसाद यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै अर्का उपसभापति चन्द्रशेखर कुमार यादवलाई प्रदेश प्रशिक्षण विभाग प्रमुखकाे जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले अन्य पदाधिकारीलाई समेत विभिन्न जिम्मेवारी ताेकेकाे विज्ञप्तिमा उल्लेख छ ।
मुख्य सचिव सन्तु प्रसाद यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति 👇️