सर्लाही,चैत -२०,लालबन्दी नगरपालिका वडा नं- १३ वडाध्यक्ष शिव कृष्ण वैद्य सहित अन्य १० जना वडा सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. -१ (ख) ले लालबन्दी -९ बस्तीपुरमा रहेको हाेटल आर्या इनमा आयाेजना गरेको पार्टी प्रवेश कार्यक्रममा वडाध्यक्ष वैद्यसंगै लालबन्दीकाे वार्ड नं. ११,१२ र १३ का १० जना निर्वाचित वडा सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।
नवप्रवेशीलाई कार्यक्रमकाे प्रमुख अतिथि नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव सर्लाही सभापति सुरेन्द्र प्रसाद सिंह, पूर्व मन्त्री शम्भु लाल श्रेष्ठले अविर र खादा लगाएर पार्टीको सदस्यता प्रदान गरे ।
कार्यक्रममा सभापति यादवले अहिले देशभरि नै कांग्रेस पक्षमा जनलहर छाएको बताउदै व्यक्तिगत मन मनमुटाव नगरी कांग्रेसलाई भाेट हाल्न आग्रहगरे ।
उनले जसको पक्षमा जनसमर्थन हुन्छ उसैलाई टिकट दिईनेबताए । चुनावमा पार्टीलाई घात गर्नेलाई चुनाव पछि हैन चुनाव अघिनै कार्वाही गरिने बताए ।त्यसका लागि वडा स्तरबाटै अनुशासन समिति गठन गर्न आग्रह गरे ।नेपाली कांग्रेसका साथीहरूले कांग्रेसमै भाेट हाले मधेस प्रदेशमा नेपाली कांग्रेस कहिले पनि नहार्ने उनको भनाइ थियाे ।
केन्द्रीय सदस्य नगिना यादवले सर्लाहीमा नेपाली कांग्रेसले ,१० सिट सुतिसुति जित्ने अलिकति मिहिनेत गरेमा १५ सिट जित्ने दाबी गरीन । त्यसको लागि गुट उपगुटकाे अन्त्य हुनुपर्नेमा जाेडदिईन ।
कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति एवम् महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले पार्टी अधिवेशनले उर्जा भएको युवा र अग्रज दुवैलाई छनेकाे बताउदै अग्रजकाे अनुभव र युवाको उर्जाकाे प्रयोग गरेर पार्टीलाई बलियो बनाउदै चुनावमा जित हासिल गर्न सकिने तर्क गरे । काम गर्न म्यन्डेट दएकाे ।
उनले मत मतान्तरलाई बिर्सेर पार्टीलाई पाँच वर्ष सम्म झुक्नु नपर्ने अवस्थामा लैजन आग्रह गरे ।
सर्लाही सभापति सुरेन्द्र प्रसाद सिंहले नव आगन्तुकलाई अन्य पार्टीमा रहेको भन्दा धेरै मान सम्मान गर्ने बताए । आफू कुनै पनि गुटउप गुटकाे पक्षमा नरहेको बताउदै चारतारे झण्डा सम्झने रूखमा भाेट हाल्न आग्रह गरे ।
पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले कार्यक्रममा अन्य ३ जना वडाध्यक्ष पनि प्रवेश गर्न चाहेका तर आफ्नै पार्टी भित्रबाट राेकेकाे आफुले सूचना पाएकाे बताए ।
आफू पार्टीलाई मजबुत बनाउन लागि परेको बताउदै पार्टीलाई मजबुत बनाउन सवैकाे साथ र सहयोग अपरिहार्य रहेकाे बताए ।
सर्लाही क्षेत्र नं १ का सभापति हरिबहादुर लुंगेलीले नवप्रवेशी वैद्य केही समय अन्य पार्टीमा रहे पनि अहिले आफ्नै पार्टीमा फर्केको मा खुसि व्यक्त गरे ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि दिपक अधिकारीले नव प्रवेशिलाई स्वागत गरेका थिए ।
नवप्रवेशीकाे तर्फबाट बाेल्दै शिवकृष्ण वैद्येले जुनसुकै अप्ठ्यारो परिस्थितिमा पनि कांग्रेसले देशलाई अप्ठ्यारो परिस्थिति बाट निकालेको बताए । कांग्रेसले अरू पार्टीसंग गठबन्धन गर्नु भन्दा कांग्रेस भित्रै गठबन्धन गर्न पर्ने बताए ।
अरू सवै पार्टी एक भएपनि नेपाली कांग्रेस एक भएमा कांग्रेसलेनै जित्ने उनको दाबी थियो ।
कार्यक्रममा बाेल्दै महिला नेतृ साेनी बम्जमले ,२५ सय क्रियाशील सदस्य रहेको लालबन्दीमा कांग्रेसलाई जित्न गार्हो नपर्ने बताईन् ।
सर्लाही क्षेत्र नं.-१ (ख) सभापति सीताराम दाहालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर सभापति प्रशान्त आचार्यले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा कांग्रेसका महाधिवेशन प्रतिनिधि ,क्षेत्री प्रतिनिधि लगायत कांग्रेसका अन्य नेता कार्यकर्ताकाे उपस्थिति रहेको थियोे ।