सर्लाही ,चैत-२०,  सर्लाहीको कालिञ्जोर पुलमा आईतवार  बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।


ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाका अनुसार लालबन्दी -१७ रानिगञ्जस्थित पेट्रोल पम्पमा पेट्रोल भरेर फर्किदै गर्दा ट्रकले ठक्कर दिँदा लालबन्दी –२, का २५ वर्षीय चन्दु पासवानको मृत्यु भएको हो ।
पासवानलाई बिहान ९ः३० बजेतिर ना २९ प २४३७ नम्वरको मोटरसाइकलमा तेल भरेर फर्किदै गर्दा विपरीत दिशाबाट गइरहेको ना ५ ख ८४८५ नम्वरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका  पासवानलाई लालबन्दीमा प्राथमिक उपचार गरी थप उपचारका लागि जनकपुर पुर्याउँदा चिकित्कसले मृत घोषणा गरेका निरीक्षक न थापाले जानकारी दिए । प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कालिञ्जोर पुल नजिक बिहीबार राती पनि कार दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका छन् ।