सर्लाही ,चैत –१६, नेपाल पत्रकार महासंघ सर्लाहीको अधूरो भवन निर्माण हुने भएको छ ।
बुधवार रेडियाे मलंगवामा बसेकाे बैठकले मलंगवा नगरपालिका-१०, स्थित नेपाल पत्रकार महासंघ सर्लाहीको अधूरो भवन निर्माणका लागि बख्तियार अलीकाे संयोजकत्वमा भवन निर्माण उपसमिति गठन गरेको छ ।
उपसमितिका अन्य सदस्यहरूमा फेकन महतो र बन्दना झा रहेका छन् ।
महासंघका जिल्ला अध्यक्ष टंक बहादुर क्षेत्रीको अध्यक्षतामा बसेकाे बैठकले सदरमुकाम मलंगवा निवासी संचारकर्मी मनोज यादवकी आमा शान्तिदेवी यादवको निधनमा दुःख व्यक्त गर्दै स्वक प्रस्ताव पारित गरेको छ ।
मातृशाेकमा रहेका यादवलाई भेट्न सञ्चारकर्मीहरू उनकाे घर भाँडसर पुगेका थिए ।
यसैबीच नेपाल पत्रकार महासंघ को ६७ औँ स्थापना दिवसको अवसर पारेर बुधबार सदरमुकाम मलंगवामा प्रभातफेरि निकालिएको छ ।
महासंघको सर्लाही शाखाले जिल्ला स्थित संचारकर्मीहरुको सहभागितामा प्रभातफेरी निकाल्दै स्थापना दिवस मनाएको हो ।