सर्लाही,चैत –१४, सर्लाहीकाे कबिलासी नगरपालिका-१० सलेम्पुरमा साेमबार (आज) दिउँसाे माेटरसाईकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ ,भने अर्का एकजना गम्भीर घाईते भएका छन् ।

मंलगवाबाट बरहथवा जाने क्रममा दिउँसाे साँढे १ बजे प्रदेश-२-०३-०१८ प ९६८३ नम्बरको माेटरसाईकल आफै अनियन्त्रीत भई सडक छेउको विद्युत पोलमा ठोक्किँदा माेटरसाईकल चालक मलंगवा नगरपालिका-३ का भोला मिकरानीको २७ वर्षीय छाेरा तौखिन मिकरानीको मृत्यु भएकाे प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परि गम्भीर घाईते मिकरानीकाे प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हाे । माेटरसाईकल पछाडी सवार मलंगवा-३ निवासी २६ वर्षीय मकबुल लहरी सफि गम्भीर घाईते भएका छन् । उनलाई थप उपचारका लागि वीरगंजतर्फ पठाईएकाे र दुर्घटनामा परेकाे माेटरसाईकल नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।