फूलजोर दुर्घटना पुलबाट तल खसेको यात्रुबहाक बस ।

सर्लाही,चैत -१३,सर्लाहीको लालबन्दी -१७ रानीगंज र ईश्वरपुरकाे सीमानामा यात्रुबाहक बस फुलजाेर पुलबाट  तल खस्दा बसमा सवार ४ यात्रुको मृत्यु भएको छ ।


घटनामा परी दुई  दर्जन बढी यात्रु घइते भएका छन् । घाइतेहरूकाे  रनीगंज र लालबन्दीमा रहेका निजी अस्पतालहरूमा उपचार भईरहेकाे छ ।

गम्भीर घाइते हरूलाई एम्बुलेन्स मार्फ जिल्ला बाहिरको अस्पताल पठाएको छ ।मृतक ४ जनाकाे शव पाेष्टमार्टमका लागि मलंगवा पठाईएकाे वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेकाे ना. ४ ख ८५५५ नम्बरकाे यात्रुबस आईतबार बिहान सबा ११ बजे पुलबाट तल खसेकाे हाे ।

घाईतेकाे उद्दार गरि उपचार गराउनु पर्ने भएकाले मृतक र घाईतेकाे एकिन विवरण केही पछि मात्र दिन सकिने प्रहरीले जनाएकाे छ ।
बसकाे अगाडीकाे चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेकाे बताईएपनि पुष्टि हुन सकेको छैन् ।