सर्लाही,चैत -१२, सर्लाहीको लालबन्दी -४, हरिभवनमा निर्माणाधीन नालामा निर्णयमा व्यवसायीले गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै नेपाली कांग्रेसका युवाहरूले विरोध गरेका छन् ।


सहरी विकास तथा भवन निर्माण बिभाग मार्फत ४ सय २० मिटर नाला निर्माणका लागि ३८ लाखमा ठेक्का सकार गरेका सर्लाहीको बसबरिया गाउँपालिका -४,धनगढाका निर्माण व्यवसायी गाेविन्द साहले नाला निर्माणमा दुई नम्बर इँट्टा र गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको पाइएको छ ।


निर्माण व्यवसायी साहले सिशुकल्याण मावि बाट मकरे टाेल सम्म जाने बाटोमा निर्माण गरिरहेकाे नाला गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएपछि आफुहरूले निगरानी बढाएको नेपाली कांग्रेस लालबन्दी -४,का क्षेत्रीय प्रतिनिधि ससि चाैधरीले चियाेचर्चाे खबरलाई बताए ।
कांग्रेसका क्षेत्रीय प्रतिनिधि चाैधरी सहित कांग्रेसका युवाहरू सुशील दाहाल, सहदेव केसी,जनार्दन काेईराला ,सराेज केशी ,सुदिप कार्की लगायतका युवाहरूले निर्माण सामग्रीकाे गुणस्तरका विषयमा प्रश्न उठाएका हुन ।
यश सम्बन्धमा सहरी विकास तथा भवन निर्माण बिभाग जनकपुरका प्रमुख प्रदिप खनालले गुणस्तरकाे बिषयमा यश अघिपनि प्रश्न उठेकाले आफुले ठेकेदारलाई मापदण्ड अनुसारको काम गर्न, अन्था भुक्तानी राेक्ने चेतावनी दिईसकेकाे बताए ।
प्राेजेक्ट चिफ इन्जिनियर समेत रहेका खनालले आफुले भाेलिनै ठेकेदारलाई चिठी काट्ने, नटेरे कार्वाहीकाे प्रक्रिया अघि बढाउने बताए ।
यता निर्माण व्यवसायी साहले आफ्नो गल्ती भएको स्विकार्दै ,आफुले दुई नम्बर इँट्टा फिर्ता गरेर १ नम्बर इँट्टा ल्याउन लगाई सकेको बताए ।