सर्लाही ,चैत -११, नेपालमा प्रतिबन्धित औषधी सहित एक भारतीय नागरिकलाई सर्लाही प्रहरीले पक्राउ गरेकाे छ।
बुधबार दिउँसाे नेपालमा लागूपदार्थ दुर्व्यसनीले प्रयाेग गर्ने गरेको १०० बाेतल काेल्डवेल र ५० बाेतल डाईलेक्स डीसी नामक लागूपदार्थ सहित भारतकाे बिहार प्रदेश अन्तर्गत मधुवनी जिल्ला ग्राम पोष्ट बिरौल थाना खजौली वडा नं.१३ का अन्दाजी २४ वर्षीय उमेश कुमार सिंहलाई सीमावर्ती पर्सा गाउँपालिका-६ बाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ ।
नेपाली प्रदेश-३-०२-०११ प. ७०३२ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा सोही मोटरसाईकल चलाईरहेका सिंहकाे साथबाट १०० एमएलकाे १०० बाेतल काेल्डवेल नामक र १०० एमएलकै ५० बाेतल डाईलेक्स डीसी नामक लागूपदार्थकाे बरामद् भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथाेकीले जानकारी दिए ।
बरामद् लागूपदार्थ र माेटरसाईकल सहित पक्राउ परेका भारतीय नागरिक सिंहलाई जिल्ला प्रहरी कार्यालय मलंगवाले नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान प्रकृया अगाडि बढाएकाे प्रहरीले जनाएकाे छ ।