सर्लाही,चैत–८,सर्लाहीको लाललबन्दी—१५,सतभैयामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा जिल्लाको लालबन्दी नगरपालिका –१५ सतभैयाका अन्दाजी ४५ वर्षे तुलबहादुर पुलामी मगर रहेका ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले चियोचर्चो खबरलाई जाकारी दिए ।
पुलामीलाई विहान ११ः ३० बजे सोहि स्थिानमा बन्दैगरेको शिव मन्दिरको छत ढलान गर्न रड सोज्याउने क्रममा रड नजिकै रहेको बिजुलिको तारमा छुन गई करेन्ट लागेको थियोे । करेन्ट लागि घाइते भएका पुलामिको घटना स्थलमै मृत्यु भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
मृतकको लाश आवश्यक अनुसन्धान पछि मुचुल्का तयार परी पोस्टमाटमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाउँने तयारी भईरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।