मनोज यादव/सर्लाही,चैत -७, नेपाली कांग्रेस सर्लाही क्षेत्र न २ को नवनिर्वाचित कार्यसमिति एवं क्षेत्रीय प्रतिनिधिहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत सम्पन्न भएको क्षेत्रीय अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुलाई आज(सोमबार)सर्लाहीको सदरमुकाम मलंगवा आयोजित एक कार्यक्रमका विच पदस्थापन सहित प्रमाण पत्र वितरण गरिएको हो ।
दुई सत्रमा आयोजना गरिएको आजको कार्यक्रमको पहिलो सत्रमा निर्वाचित क्षेत्रीय पदाधिकारीहरुको पदस्थापन र दोस्रो सत्रमा घर-घर जाउँ,काँग्रेस जिताउ अभियानको बारेमा पार्टी सदस्य तथा कार्यकर्ताहरुलाई जानकारी गराइएको थियो।पदस्थापन कार्यक्रमको अध्यक्षता काँग्रेस क्षेत्र न-२ का पुर्व सभापति दिनेश मिश्रले गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं घर-घर जाउँ ,काँग्रेस जिताउ अभियानकी केन्द्रीय परिवेक्षक नगिना यादवले नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दलका रुपमा स्थापित गर्ने गरी संगठन निर्माणमा लाग्न आग्रह गरिन् ।
मलंगवा नपा-१० स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि पूर्व केन्द्रीय सदस्य जंगिलाल राय,पूर्व जिल्ला सभापति लक्षमण रायसहित मनपाका पूर्व मेयर नागेन्द्र प्रसाद यादव,मनपाका मेयर निरसल साह, उपमेयर शान्ती मिकरानी,काँग्रेस सर्लाही उपसभापति नवीन अधिकारी,डा.सरोज यादव,प्रदेश(क) सभापति सत्येन्द्र यादव,प्रदेश(ख) सभापति भिखारी ठाकुर लगायत क्षेत्र न-२ का ४९ वटै वडाका वडासभापतिहरु,२५ जना महाधिवेशन प्रतिनिधि तथा निर्वाचित पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
दोस्रो सत्र अन्तर्गत भएको काँग्रेस जिताउ अभियान कार्यक्रमको अध्यक्षता क्षेत्र न-२ का सभापति कौशल किशोर रायले गरेका थिए भने दुवै कार्यक्रमको प्रमुख अतिथि अभियानकी केन्द्रीय परिवेक्षक यादव रहेकी थिईन् ।
आसन्न निर्वाचनलक्षित अभियान अन्तर्गत सर्लाहीका २० वटै स्थानीय तहको सबै वडाका घरघर पुग्ने योजना रहेको र सोही अनुसार गत फाल्गुन २८ गतेदेखि केन्द्रीय परिवेक्षक यादवको नेतृत्वमा पार्टीका पदाधिकारी लगायत कार्यकर्ताहरु अभियान लिएर गाउँगाउँमा पुगिरहेको क्षेत्र न-२ का सभापति कौशल किशोर रायले जानकारी दिए ।