सर्लाही,चैत-७,नेपाली कांग्रेसका समाजसेवी युवा नेता निरमुनी मैनालीले आफ्नो श्रीमतीकाे जन्मदिनमा वृद्धाश्रममा खाद्यान्न दाना गरेका छन् ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका युवा नेता मैनालीले श्रीमती तुलसा(पन्त )मैनालीकाे ४० औं जन्मदिनको अवसरमा लालबन्दी-२, जुटपानी स्थित पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाआश्रममा आश्रित वृद्धवृद्धाहरुकाे भाेजनाका लागि खाद्यान्न दान गरेका आश्रमले जनाएको छ ।
युवा नेता मैनालीले नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहेकी आफ्नी धर्मपत्नी तुलसाकाे जन्मदिनमा आश्रममै पुगेर चामल,दाल,तेल नुन लगायतका खाद्य सामग्री प्रदान गरेका आश्रमकी अध्यक्ष एवम् व्यवस्थापक भवानी काेईरालाले चियाेचर्चाे खबरलाई जानकारी दिईन् ।
हरिवन नगरपालिका वडा नं-५, घर भएकी तुलसा नेपाल किसान संघका पूर्व केन्द्रीय उपाध्यक्ष कपिलमुनी मैनालीका बुहारी हुन । उनी नेपाली कांग्रेस झापा क्षेत्र नं. -५,काे महाधिवेशन प्रतिनिधिसमेत रहेकी छिन् ।