विष्णुदेव सरदार/लहान- ५ ,तराई मधेशका जिल्लामा यतिखेर ढकमक आँप फुलेको छ । बर्से बालि आँप ढकमक फुले पछि सिराहाका किसान हर्षित भएका छन् ।


ढकमक फुलेको फुल क्रमशः झर्ने र फल(बतिया) लाग्न थाले पछि आफ्नो मन आनन्दित भएको लक्ष्मीपुर पतारीका एक किसान हरिलाल रामले बताए । अन्न वालिकाे तुलनामा कम
सिंञ्चाइ सुविधा हुदा पनि राम्रो प्रतिफल लिन सकिने भएपछि आफुहरूले आँप खेती बिस्तार गरेको हिरालालले चिचियाेचर्चाे खबरसंग बताए ।आँप खेतीका लागि सिरहा ,सप्तरी,सर्लाही देशमै प्रख्यात छन्।
यस वर्ष रुखमा पातनै ढाक्नेगरि मञ्जरी लागेकाले आँपकाे उत्पादनमा वृद्धि हुने किसानकाे अनुमान छ ।असिना पानी नपरे मनग्ये आम्दानी लिनसक्ने उनिहरू बताउँछन् ।
तराई मधेसमा मालदह, दसहरी , सपेताह , बमई लगायतका विभिन्न किसिमका आँप खेती हुदै आएको छ । आँप फुलेसंगै तराईका आँप बगैंचाहरू यतिबेला सुग्न्धित भएका छन्।
किसान हरिलालका अनुसार फुलमा मधुवा लगायतका किरा लाग्ने भएकाले अहिले सावधानी अपनाउनु पर्ने समय हाे ।आँपका जोन मानिएको सिरहा,सप्तरी, धनुषा र सर्लाहीमा उत्पादन हुने आँपले पछिल्लो समय नेपाली उपभोक्ताकाे माग पूर्ति गर्नुकासाथै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुन थालेको छ ।
सिरहामा पाँच हजार एक सय ७० हेक्टर क्षेत्रफलमा व्यवसायिक आँप खेती हुँदै आएको छ। यहाँ सात हजार ७५५ मेट्रिक टन भन्दा बडी आँप उत्पादन हुने गर्दछ ।
त्यस्तै,सप्तरीमा कूल पाँच हजार हेक्टरमा प्रतिहेक्टर एक दशमलव पाँच मेट्रिक टनका दरले सात हजार मेट्रिक टन काे हाराहारीमा आँप उत्पादन हुने गरेको पाईन्छ ।
पूर्व–पश्चिम राजमार्गसँग जोडिएको सिरहाको जिरोमाइल, गोलबजार, मिर्चैया तथा सप्तरीको कञ्चनपुर, रुपनगर, सीतापुर, महुली, कल्याणपुर, कुशहा, लोहजार, जण्डौल, हरिपुरलगायत आँपको पकेट क्षेत्र हुन्।