सर्लाही,चैत -५,सर्लाहीकाे कबिलासी – ६ जमुनिया स्थित भित्री सडकखण्डमा शुक्रवार  पिपरियाबाट मदनपुर तर्फ जाँदै गरेको BR 30 Q 5292 नं. माेटरसाइकल विपरित दिशाबाट आउँदै गरेको BR06 CF 5357नं. मो.सा. एक-आपसमा ठक्कर खाँदा एकजना मृत्यु भएको छ,भने अन्य ३ जना गम्भीर घाइते भएका छन् ।


मृत्यु हुनेमा ५२९२ नं. माेटरसाइकल  चालक  कबिलासी नगरपालिका -२, पिपरयाका राजेन्द्र रामको छोरा अन्दाजी २८वर्षका धर्मेन्द्र राम रहेका छन् ।
टाउकोमा चोट लागि गम्भीर घाइते रामकाे प्रदेशिक अस्पताल मलंगवामा बेलुका ५:४० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथाेकीले जानकारी दिए ।
घाइते हुनेहरूमा सोही माेटरसाइकलकाे पछाडी सवार कबिलासी नगरपालिका -२, का  अन्दाजी  २३ का राजु राम
५३५७ नं. माेटरसाइकलका चालक चक्रघाटा गाउँपालिका -.५, पररयाटोलका  अन्दाजी ३०वर्षका  राजा कुमार यादव
र पछाडि सवार साेहिठाउँका बस्ने अन्दाजी ३० वर्षका  हरिओम यादव रहेका छन् ।
टाउको हात खुट्टामा चोट  लागि गम्भीर घाइते ५३५७ नं. माेटरसाइकलका चालक चक्रघाटा का -५, राजा कुमार यादवलाई उपचारको लागि बिरगंज पठाएको प्रहरीले जनाएको छ । त्यस्तै सोही माेटरसाइकलकाे पछाडी सवार राजु रामकाे दाहिने खुट्टामा चोट लागेकाे उपचारको लगि नवलपुर तर्फ पठाइएकाे छ ।
टाउको र अनुहारमा चोट लागि गम्भिर घाइते  हरिओम यादवकाे प्रदेशिक अस्पताल मलंगवामा  उपचार चलिरहेको छ ।दुवै  माेटरसाइकल भने नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।