सर्लाही ,चैत -३,नयाँ पुस्ता बिकास समाज सर्लाहीले ( बिहिवार ) आज फागु पुर्णिामाकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको ।
समाजका अध्यक्ष नवराज कुशवाहा का अनुसार मध्यान्ह १२ लालबन्दी -१ काे धर्मशालामा शुभकामना आदानप्रदान गरिएको हाे ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व आमन्त्रित सदस्य शम्भु लाल श्रेष्ठ,विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता,शिक्षक, बुद्धिजीवी लगाएको उपस्थिति रहेको थियोे । कार्यक्रममा सहभागीहरूले एकआपसमा रङ्ग लगाएर शुभकामना आदानप्रदान गरेका अध्यक्ष कुशवाहाले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
त्यस्तै फागु पुर्णिामाकै अवसरमा हरिवनमा रहेको द्वन्द्वपीडित बालगृहमा पनि शुभकामना आदानप्रदान गरिएको छ ।
नेकपा समाजवादीका अध्यक्ष सुरेन्द्र लामा ,मधेस प्रदेश सांसद बेची लुङगेली,विभिन्न राजनीति दलका नेताकार्यकर्ता, होटल व्यवसायी सर्लाहीमा क्रियाशील पत्रकार लगायतले बालगृहमा पुगेर त्यहाँका बालबालिकासंग हाेली खेल्दै शुभकामना आदानप्रदान गरेका छन् ।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकाे दिनका रुपमा होलीको मनाउन थालिएको मानिन्छ । विष्णुको नरसिंह अवतार को वर्णन अनि उत्पती पनि होली अनि प्रहलाद घटना क्रम सँग सम्वन्धित छ ।
यता,मधेस प्रदेशमा यसपालि तीन दिन होली पर्व मनाइने भएको छ । तिथि र माध्यमिकी परिक्रमाका कारण यसपालि आज, भोलि र पर्सि होली मनाउन लागिएको हो ।
पर्वते समुदायले आज, मधेसी समुदायले पूर्णिमा तिथिमा भोलि र मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट होली मनाउने परम्परा छ । यसअनुसार आज जनकपुरधाम आइपुगेको परिक्रमा भोलि अन्तर्गृह परिक्रमा गरी शनिवार होली मनाउने तयारीमा छ ।
माध्यमिकी परिक्रमाका यात्री डोलासहित आज जनकपुर आएका छन् । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला र जनकपुरधामबाट किशोरीजीको डोलासहित हनुमाननगरमा पुगेर विधिवत् सुरु भएको परिक्रमा नेपाल–भारतका विभिन्न ठाउँको परिक्रमा गरी जनकपुरधाम फर्केको ।