विसुनदेव सरदार /लहान,चैत -२,सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर -३ अर्नमामा ५० काेठाकाे ३ तले नयाँ प्रशासकीय भवनको निर्माण कार्यले तीव्रता पाएकाे छ ।
७ करोड ६६ लाख ४६ हजार १ सय ६६ रुपैयाँ काे लागतमा भवनको निर्माण सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।आर्थिक वर्ष २०७६/०७७ मा लहान – ३ का सी.एम/ बि.बि.बि/ बि. एन. एस. जे.भी. कन्स्ट्रक्सन कम्पनीले ३ वर्षमा निर्माण कार्य पूरा हुने गरि ठेक्का सम्झौता गरिएको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णान्नदन सिंहले बताए ।
अहिले ठेक्कदार कम्पनी लहान – ३ का सी.एम/ बि.बि.बि/ बि. एन. एस जे. भी कन्स्ट्रक्सन कम्पनीले ३०% प्रतिशत काम पूरा गरेको छ।
प्रशासनिक कामकाजका लागि अपठ्यारो र सास्ती भएको हुदाँ प्रशासनिक कामकाजलाई थप स्तरीय बनाउने उदेश्यले नयाँ प्रशासनिक भवन निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत सिंहले बताए ।
अहिले अर्नमा गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन। ती वडाहरुमा गाउँपालिका स्तरीय योजनाका आधारमा ५०% काम पूरा गरि सकेको गाउँपालिका अध्यक्ष ठकु महतोले बताए ।सडक ढलान, कृषि क्षेत्रमा पोलिङ्ग , ट्रान्सफर्मर, सामुदायिक भवन, शिक्षा ,स्वास्थ्य लगायतका क्षेत्रमा स्तरोन्नतिमा लागिएको उनलेे बताएका ।
जनताको चाहना र हकहितका निम्ति गाउँकार्य पालिका सदैव तत्पर रहेको गाउँपालिका अध्यक्ष ठकु महतोले बताए ।