मनोज यादव/सर्लाही,फाल्गुन -२८,  नेपाल नेत्रज्योति संघ मलंगवा,सर्लाहीको साधारण सभा सम्पन्न भएको छ ।


संघ सर्लाही  शाखाकाे साधारणसभा आँखाका बिरामी  जनक किशोर साहकाे प्रमुख आतिथ्यतामा सदरमुकाम मलंगवामा शनिवार (आज) सम्पन्न  भएको हाे ।
नेपालमा अन्धोपन निवारणका लागि झण्डै ४ दशक पहिले वि.स २०३५ साल चैत १३ गते स्थापना भएको थियोे ।
नेपाल नेत्र ज्योती संघ अन्तर्गत वि.स २०४१ सालमा विभिन्न गाउँहरुमा आँखा शिविर संचालन गर्दङ आएकोमा सर्लाहीमा बरिस्ठ समाजसेवी राम बहादुर अमात्य, अमरनाथ जैसवाल,चरित्र बहादुर प्रधान ,विष्णुलाल अमात्य र डा.धन बहादुर शाहीको प्रयासमा नेपाल नेत्र ज्योती संघको स्थापना भएको हो।
संघले २०५५ सालमा मलंगवा नगरपालिकामा सर्लाही आँखा उपचार केन्द्र संचालन गरि आँखा रोगिहरुको उपचार सेवा गर्दै आएको छ ।
साधारण सभामा कोषाध्यक्ष  सत्यनारायण अग्रवालले प्रतिवेदन प्रस्तुत गरेका थिए,भने सभापति अमरनाथ प्रसाद जयसवालले संघको तर्फबाट फागु पुर्णिमा होली तथा नव वर्ष २०७९ को शुभकामना दिएका थिए ।
साधारणसभामा संस्थाको विकास तथा उन्नतिका लागि बेलाबेलामा आर्थिक तथा जिन्सी सहयोग गर्दै आइरहेका मलंगवाका स्थानीय समाजसेवी तथा बरिस्ठ व्यक्तिहरुलाई संघको तर्फबाट दोसल्ला ओढाएर कदरपत्रसहित सम्मानित  गरिएको संघका सदस्य मुकेश कुमार जयसवालले बताए ।सोही अवसरमा आँखा उपचार केन्द्रमा उपचारका लागि आएका बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको जयसवालले जानकारी दिए।
    सर्लाही आँखा उपचार केन्द्र मलंगवाको प्रांगणमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, मेयर निरसल साह,चौधरी आँखा  अस्पताल लहानका संस्थापक अध्यक्ष रवीन्द्रनाथ चौधरी,संघका निवर्तमान सभापति पुष्प रंजितकार,राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.अब्दुल रहिम मिकरानी,हरिशंकरलाल कर्ण, गणेश गुप्ता ,रामदेव ठाकुर लगायतका समाजसेवी तथा सर्लाही चेम्बर अफ कमर्सका बरिस्ठ उपाध्यक्ष संजय गुप्ता “सुगन्ध”, सहारा मल्टिपर्पस को,सो मलंगवाका प्रबन्धक सुनिल कुमार गुप्ता, ने.ने.ज्योती संघका पदाधिकारीहरु, आँखा उपचार केन्द्रका कर्मचारीहरु,बुद्धिजीवी तथा  उपचारका लागि केन्द्रमा आएका आँखा बिरामीहरुको उपस्थिति रहेको थियो।  कार्यक्रमको संचालन संघका सदस्य मोतीलाल झाले गरेका थिए।