मलंगवा,फागुन -२३, विवादका कारण सोमबार (आज)को लागि निर्धारित नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ ।
निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै,अनिश्चित समयका लागि स्थगित गरिएको प्रकाशित सूचनामा उल्लेख गरेका छन् । अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि निर्वाचन नहुने देखिएको छ ।
बिहान ९ बजेदेखि सुरु हुने भनिएको निर्वाचन दिउँसो १ः१५ बजे सूचना टाँसेर स्थगित गरिएको थियो।
निर्वाचन स्थगित भएपछि मतदान स्थल पब्लिक माध्यमिक विद्यालय बाहिर अहिले कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् ।
जिल्लाका विभिन्न स्थानबाट मतदानका लागि आएका कांग्रेस कार्यकर्ताहरु बिहानैबाट लामबद्ध भएर बसेका थिए ।नेताहरूले आफुहरूलाई अनाहकमा दु:ख दिएको भन्दै, कार्यकर्ताहरु आक्रोशित भएका हुन ।