बागमती, फागुन -२०,मधेस प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र कुमार साहले प्रदेशका सञ्चार गृहहरूलाई व्यवस्थित गर्न आउने बजेट मार्फत सम्वाेधन गर्ने बताएका छन् ।


आफू पनि यही क्षेत्रबाट आएकाले ,यश क्षेत्रको भुमिकालाई बिर्सन नसक्ने मन्त्री साहले बताए ।
सामुदायिक रेडियो प्रसारक संघ मधेस प्रदेश समितिले सर्लाहीको बागमती १ मा रहेको सीता प्यालेसमा आयाेजना गरेको तेस्रो साधारणसभाकाे उद्घाटन सत्रमा बाेल्दै मन्त्री साहले यस्तो बताएका हुन ।
उनले सामुदायिक रेडियोहरूकाे सवलिकरणमा प्रदेश सरकारले सहयोग गर्ने बताए । यसको लागि साधरणसभाबाट एउटा ठाेस निर्णय गरेर आउन आग्रह गरे ।
उनले रेडियोमा चट्याङ हावाहुरी लगायतले क्षति पुर्‍याउने गरेकाले रेडियोकाे उपकरणको बिमामा गर्न आग्रह गरे ।यसको लागि लाग्ने खर्च व्यवस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।
मन्त्री साहले रेडियो दर्ता प्रदेशमै हुने भएपनि फ्रीक्वयन्सी लिन काठमाण्डाैनै धाउनुपर्ने अवस्थाकाे अन्त्यका लागि आफुहरूले प्रयास गरिरहे बताए ।
सामुदायिक रेडियो प्रसारक संघ मधेस प्रदेश समिति अध्यक्ष मनाेज यादवको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै पत्रकार महासंघ मधेस प्रदेश समिति समिति अध्यक्ष राजेश कर्णले लाेकतन्त्र र अधिकार प्राप्तिको आन्दोलनमा सघाएका यहाँ सञ्चार गृहलाई प्रदेश सरकारले बेवास्ता गरेको बताए । उनले यहाँका सञ्चार गृह र सञ्चारकर्मीकाे सवलीकरण र बिकासका सहयोग नगरिए सवै सञ्चारकर्मी एकजुट भएर आन्दोलनमा उत्रन बाध्य हुने बताए ।उनले महासंघले सहकार्यकाे लागि गरेको अनुरोधलाई कमजोरी नसम्झ चेतावनी दिदै ,सरकारलाई हाेस्टेमा हैसे गरिदिन आग्रह गरे ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ केन्द्रीय सदस्य कृष्ण कुमार एसमाली,आमसञ्चार प्राधिकरणका मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव वक्ताहरूले आ-आफ्नो धारणा राखेका थिए ।