सर्लाहीको लालबन्दी -५,वडा कार्यालय परिसरमा बुधवार (आज) ब्लड बैंक तथा रिसर्च सेन्टर भवनको शिलान्यास गरिएको छ ।

मधेस प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले भवनको शिलान्यास गरेका हुन ।
भनकाे शिलान्यास पछि बाेल्दै मन्त्री सिंहले यसको सम्पूर्ण निर्माणमा आफ्नो सहयोग रहने बताए ।
उनले अहिले बजेट केही कम रहे पनि आगामी बजेटमा रकम बृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताउदै,भवनको आफैंले उद्घाटन गर्ने बताए ।
उनले अहिले युवा सम्मेलन केन्द्रकाे लागि भनेर २० लाख बजेट विनियोजन गरिएको भएपनि आउने दिनमा ब्लड बैंकका साथै अन्य पुर्वाधार निर्माण पनि आफ्नो सहयोग रहने बताए ।
नेपाली कांग्रेस मधेस प्रदेश समिति उपसभापतिसमेत रहेका मन्त्री सिंहले लालबन्दीमा ६० लाखको लागतमा महिला पुनर्स्थापना केन्द्र निर्माणका लागि आगामी बजेटमा व्यवस्था गर्न प्रतिबद्धता व्यक्त गरे।
उनले प्रदेश सरकार गठन भएको ५ वर्ष सम्म एउटा कानुनसमेत नबनेको आफ्नो मन्त्रालयमा आफू मन्त्री भएपछि मन्त्रालय अन्तर्गत धेरै काम गरेको बताउदै, सर्लाहीमा १०/१० कराेडकाे लागतमा २ वटा स्टिडियम,हरेक पालिकामा जिम सेन्टर,कवडहल, विद्यालयहरूमा खेलमैदान निर्माणका लागि बजेट ब्यबस्था गरेको र आगामी बजेटमा पनि यसले निरन्तरता पाउने बताए ।
कार्यक्रममा आयाेजकले मन्त्री सिंह र जग्गा व्यवस्थापनमा सहयोग गर्ने वडाध्यक्ष भण्डारीलाई मायाको चीनाे प्रदान गरेका थिए ।

विष्ट अतिथि पूर्व मन्त्री शम्भु लाल श्रेष्ठले राजमार्ग क्षेत्रमा धेरै दुर्घटना हुने र समयमै रगत नपाउदा धेरै मानिसले अकालमै ज्यान गुमाइरहेकाे अवस्थामा ब्लड बैंककाे स्थापना पछि यहाँका नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । उनलेे भवन निर्माणमा आफ्नो पनि सहयोग रहने बताए ।
लायन्स कल्वका जाेन चियन पर्सन राजकुमार न्याैपानेकाे अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष माेहनहरि भण्डारी ,टियू ब्लड बैंकका केन्द्रीय सदस्य भरत ढुंगेल ,प्याब्सन सर्लाही अध्यक्ष निर्मल आचार्य लगायतका वक्ताहरूले शुभकामना व्यक्त गर्दै आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।