विसुनदेव सरदार /लहान,फागुन-१६,सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर – ५ इटहर्वा महेशवारीमा नागरिक आरोग्य सेवा केन्द्र तथा नि:शुल्क आयुर्वेद शिविर ( आयुर्वेद अस्पताल ) को उद्घाटन गरिएको छ ।गाउँपालिका अध्यक्ष केदारनाथ यादवको प्रमुख आतिथ्यतामा साेमवार ( आज)  अस्पतालको उद्घाटन भएसँगै  अस्पताल सञ्चालनमा आएको हाे ।


स्वास्थ्य क्षेत्रमा सखुवान्नकारकट्टी गाउँपालिकाले अग्रणी  भुमिका खेलेको गाउँपालिका अध्यक्ष यादवले बताए ।
पालिकालाई नमुना बनाउन र चौतर्फी विकासका लागि सबैको साथ र सहयोगको खाचो रहेको गाउँपालिका अध्यक्ष यादवले बताए ।
शिक्षा , स्वास्थ्य , पुर्वाधार विकासमा ५० प्रतिशत पालिकाले काम पूरा गरेको उनलेे बताए । ६ करोडको लगानीमा निर्माण सम्पन्न हुने  प्रशासनिक भवनको कामले गति लिइरहेको अध्यक्ष यादवकाे भनाइ छ ।
गाउँपालिकालाई नमुना बनाउन  ५० बेडको स्वास्थ्य अस्पताल ,जुन मधेस प्रदेशमै अग्रनी हुने र यसका लागि छिटै सम्झौता गरिने अध्यक्ष यादवकाे भनाइ थियोे  ।
पाँच वटा वडा मात्रै रहेको गाउँपालिकाकाे बिकास गर्न आफू लागि परेको अध्यक्ष यादवले बताए । आफुले स्थानीय जनताको शिर झुक्ने काम नगरेको बताउदै अध्यक्ष यादवले ,सवैकाे शिर ठाडो बनाउने काम गरेको र गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
बढदोँ राजनीतिक बेतिथिका कारण झण्डा मेला महोत्सव नलागेकोमा दुःख  व्यक्त गर्दै , अध्यक्ष यादवले “आउने दिनमा विकास  पहिचान र पर्यटनका निम्ति झण्डा महोत्सव अनिवार्य हुने बताए” ।
जिल्ला रेडक्रस सोसाइटी सिराहाका सभापति राजदेव यादवले,आयुर्वेद अस्पतालले आयुर्वेदिक क्षेत्रमा नयाँ क्रान्ति ल्याउने र धेरै  विरामी लाभान्वित हुने विश्वास व्यक्त गरे ।उनले आयुर्वेदिक अस्पतालबाट यश क्षेत्रका झन्डै  २५/३० हजार स्थानीय लाभान्वित  हुनेमा विश्वास व्यक्त गरे  ।
चार कोठे नयाँ आयुर्वेद अस्पताल सञ्चालनमा आएसँगै  स्थानीय तथा गाउँपालिकाका नागरिक लाभान्वित हुनेछन् ।
उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिहरु गाउँपालिकाकी उपाध्यक्ष अमला देवी यादव, जिल्ला रेडक्रस सोसाइटी सिराहाका सभापति राजदेव यादव, प्रमुख प्रशासकीय अधिकृत राजीव कुमार झा काे उपस्थिति रहेकाे थियोे ।कार्यक्रममा गाउँपालिकाका कर्मचारीहरू , शिक्षक, शिक्षिका तथा स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोको बिदाई गर्नुकासाथै नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत राजीव कुमार झालाई स्वागत पनि गरिएको छ।