मनोज यादव/ मलंगवा ,फाल्गुन -१५, मलंगवाका समाजसेवी
युवा तथा उद्योगी व्यवसायी संजय गुप्ता दम्पतीले आइतवार (आज) परेको आफ्नो १९ औं वैवाहिक वार्षिकोत्सबको अवसरमा गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेसनरी सामाग्री वितरण गरेका छन्।
उनले आफ्नो छोरा निमिष रौनियारको साथमा मलंगवा नगरपालिका वडा न-४ स्थित वि- केयर वि- क्यान निशुल्क कोचिंङ सेन्टरमा अध्ययनरत् कक्षा ५ र ६ का ४० जना विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेसनरी सामाग्री वितरण गरेका हुन।
प्राथमिक विद्यालय मलंगवा-४ मा आइतवार वि-केयर वि-क्यान निशुल्क कोचिङ्ग सेन्टरले आयोजना गरेको एक कार्यक्रमका बिच समाजसेवी गुप्ता दम्पतीले सो सामाग्रीहरु वितरण गरेका हुन ।
सामाग्री वितरण गर्दै गुप्ताले पार्टी गरेर विवाहको वार्षिकोत्सब मनाएर ठुलो रकम खर्च गरि आफ्नो विलासिता देखाउनु भन्दा कुनै सामाजिक कार्यमा खर्च गर्दा आत्मसन्तुष्टी मिल्ने भएकोले आफुहरुले गरिब विपन्न परिवारका बालबालिकाहरुलाई एउटा सानो सहयोगको रुपमा स्कुल ब्यागसहित स्टेसनरी सामाग्री वितरण गरेको बताए ।
यसअघि पनि गरिब समुदायलाई विभिन्न समयमा सहयोगहरु गर्दै आएको र आगामी दिनहरुमा पनि यसैगरी सहयोग गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
सामाग्री पाइसके पछि बालबालिकाहरुले गुप्ता दम्पती र उनका छोरालाई मिठाइ खुवाएर वैवाहिक वार्षिकोत्सबको शुभकामनाको साथै धन्यवाद दिएका थिए।
सो अवसरमा प्रावि मलंगवा-४का प्रअ राम आश्रय यादव, शिक्षक,शिक्षिका,विद्यार्थी,आयोजक संस्थाका सदस्य तथा पत्रकारहरुको उपस्थिति रहेको वि- केयर वि- क्यान निशुल्क कोचिंङ सेन्टरका अध्यक्ष सरोज कुमार यादवले जानकारी दिएका छन् ।