धनकाैल,फागुन -१५,सर्लाही धनकौल गाउँपालिका -२,मधुवनी नयाँरोड सडकखण्डमा माेटरसाइकल अनियन्त्रित भई  पुल मुनि खस्दा एक युवकको ज्यान गएको छ ।


शनिवार राति अन्दाजी ८:३० बजे बरहथवाबाट कौडेनातर्फ जाँदै गरेको प्र.२-०३-०१९३६०५ नम्बरको माेटरसाइकल आफैँ अनियन्त्रित भई लंगडा पुल मुनि खस्दा चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान जानेमा  कौडेना गाउँपालिका- ३ का अन्दाजी – ३५ वर्षे  मनोज चौधरी रहेका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
पुल मुनि खसेका चाैधरीकाे टाउको र शरिरमा गम्भिर चोट लागेको थियोे । घाईते चाैधरीलाई उपचारको लागि बरहथवा स्थित भेनस अस्पताल ल्याइएकोमा  राति -९ बजे उपचारको क्रममा मृत्यु भएको छ ।शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।
साेही माेटरसाइकल पछाडी सवार कौडेना गाउँपालिका- ५, अन्दाजी – १८,वर्षे दिपेश मुखियाकाे बायाँ हात भाँचिएको र उपचार भईरहेको छ । माेटरसाइकल भने, प्रहरी कार्यालयमाल्याई राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिएका छन् ।