लालबन्दी,फागुन -१३,एनएमबि बैंक लालबन्दी शाखाले लालबन्दी -१, नवलपुरमा रहेको लर्ड ब्राईट स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई शुक्रवार (आज) वित्तीय साक्षरता तथा डिजिटल सचेतना सम्बन्धि प्रशिक्षण दिएको छ ।
विद्यार्थीहरुलाई विद्यमान बैकिङ्ग प्रणाली सम्बन्धि ज्ञान दिने उद्देश्यले “वित्तीय साक्षरता तथा डिजिटल सचेतना कार्यक्रम” सञ्चालन गरिएको बैंकका शाखा प्रबन्धक अरुण आचार्य चियाेचर्चाे खबरलाई जानकारी दिए ।
विद्यार्थीहरूलाई बैंकका अपरेसन इन्चार्ज अमृत अन्सुले बैंक परिसरमै प्रशिक्षण दिएका प्रबन्धक आचार्यले जानकारी दिए ।
वित्तीय साक्षरता तथा डिजिटल सचेतना कार्यक्रमबाट कक्षा -९ मा अध्ययनरत विद्यार्थी लाभान्वित भएका विद्यालय प्रशासनले जनाएको छ ।