हरिपुर,फागुन -१३,सेभ द चिल्ड्रेन र ग्रामिण नारी उत्थान संघको साझेदारीमम हरिपुर नगपालिकाको समवन्यमा संचालित समुन्नति कार्यक्रम अन्तर्गत भयमुक्त तथा शारीरिक दण्ड रहित शिक्षण सिकाई सम्वन्धि तीन दिने तालिम शुक्रवार (आज) बाट सुरू भएको छ।


हरिपुर -२,मा रहेको प्रेमलता होटलमा सञ्चालन भएको तालिम फागुन १५ गते सम्म चल्ने आयाेजकले जनाएको छ।
सामुदायिक विद्यालयका बालबालिका माथि हुने दण्ड सजाय र दुर्ववहारमा कमि ल्याई भयमुक्त वातावरण सृजना गरि बाल भावनको कदर सहित सम्मानजनक सिकाई क्रियकलाप गर्ने तालिमकाे उद्धेशय रहेको शिक्षकलाई तालिम संचालन गरिएको समुन्नति परियोजनाका शिक्षा अधिकृत मोहन स्वर्णकारले जानकारी दिए ।
तलिममा हरिपुर नगरपालिकामा सामुदायिक विद्यलायका १५ शिक्षकहरुको सहभागिता रहेको छ ।
तालितले बाल हित सम्बन्धि बनेका नीती नियमको र कानुनको पालना र बालमैत्री शिक्षण सिकाइ गर्न सहयोग पुग्ने परियोजनाका शिक्षा अधिकृत स्वर्णकार विश्वास छ ।शारीरिक दण्ड विरुद्ध प्रशिक्षक सुमन ढकालले शिक्षण सिकाई गरिरहेका छन् ।
ग्रामीण नारी उत्थान संघका कोषाध्यक्ष सिमा कोइरालाकाे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा समुन्नति परियोजनाका संयोजक राम बाबु साहले समुन्नति परियोजनाको बारेमा जानकरी गराएका थिए ।