मलंगवा, फागुन-१३,जिल्ला निर्वाचन कार्यालय सर्लाहीले शुक्रवार (आज) मतदाता नामावली अद्यावधिक तथा दाबी विरोध सम्बन्धमा सराेकारवालाहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।


प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमकाे अध्यक्षतामा जिल्ला समन्वय समितिकाे सभाहल मलंगवामा भएको अन्तरक्रियामा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, पालिकाहरूका प्रमुख तथा प्रतिनिधि,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा मानव अधिकारकर्मी,सञ्चारकर्मी उपस्थिति रहेको थियोे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमले अहिले निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन, नामावलीमा भएको त्रुटि  सच्याउने,कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए साेकाे विरोधमा उजुरी गर्ने समय सिमा  छुट्याइएकाले निर्वाचन आयाेगद्वारा जारी सूचना र कार्यतालिका अनुसार गर्न सराेकारवालालाई आग्रह गरे ।पछि गुनासो र झमेला गर्नुको अर्थ नहुने उनको तर्क थियो ।
यस सम्बन्धमा  कतिपय नागरिकलाई जानकारी समेत नहुने गरेको पाइएकाले राजनीतिक दल,नागरिक  समाज र सञ्चारकर्मीकाे महत्त्वपूर्ण भुमिका रहने प्रजिअ गाैतमकाे भनाइ थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै, जिल्ला निर्वाचन अधिकारी
दिवाकर भुजेलले २०७९ साल बैशाख ३० गते हुने निर्वाचनका सम्बन्धमा कार्यतालिका अनुसार भइरहेका क्रियाकलापका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा निर्वाचन अधिकारी भुजेलले जिल्ला निर्वाचन कार्यालय सर्लाहीले फागुन १९ गते देखि २६ गते सम्म गर्ने क्रियाकलापका बारेमा जानकारी गराएका थिए । उनका अनुसार फागुन १९  मतदाता नामावली प्रकाशन, २० गते नामावलीमा भएको त्रुटि  सच्याउने,कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए साेकाे विरोधमा उजुरी गर्ने लगायतका क्रियाकलाप गरिने जानकारी दिए ।
कार्यक्रममा नागरिक समाजका अगुवा उग्रकान्त झा,शिव चन्द्र चाैधरी,पालिका प्रमुख तथा सञ्चारकर्मीहरूले मतदान केन्द्र लगाएत निर्वाचन सम्बन्धि विषयमा सुझाव दिएका थिए ।