सिराहा,फागुन -११,सिरहाको लहानबाट नगद र तीन किलोग्राम चाँदीको गहनासहित दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा भारतको विहार मधुवनी थाना राजनगर १२ का ३८ वर्षीय रञ्जित राय र उनको काका ६१ वर्षीय लखन राय रहेका छन् ।
सशस्त्र प्रहरीको छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवास र नम्बर ७ गण हेड क्वार्टर सिरहाबाट खटिएको विशेष टोलीले लहान नगरपालिका-७ दुर्गामन्दिरबाट उनीहरूलाई पक्राउ गरेको हाे । उनीहरूकाे साथबाट ३ किलो ५२ ग्राम चाँदीको तयारी गहना र नगद २० हजार भारतीय रुपैयाँ, ५ सय १० नेपाली रुपैयाँ बरामद भएको नम्बर ७ गण हेड क्वाटर सिराहाका सूचना अधिकारी डिएसपी विनोद थापाले जानकारी दिए ।
बरामद गहनासहित दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको प्रहरीले जनाएको छ । उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।