लालबन्दी, फागुन –९, सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक जिल्लाकाे हरिवन नगरपालिका १० का २२ वर्षीय निरज उप्रेती रहेका छन् ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार लालबन्दी -७ का डम्बरबहादुर विश्वकर्माको अन्दाजी २२/२३ छोरी वर्षीया छाेरी लक्ष्मि विश्वकर्माको टाउकोमा चोट लागेको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुवै घाईतेलाई स्थानिय त्रिदेव हेल्थ केयर रानिगंजमा
युवती घाइते भएको प्रहरीले जनाएको छ । सोमवार दिउँसो अन्दाजी ३ बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोरबाट आइरहेको प्रदेश २–०३–००६ प १२० नम्वरको मोटरसाइकललाई नारायणघाटबाट विराटनगरका लागि छुटेको ना ५ ख १५६१ नम्वरको बसले रानीगञ्ज चोकैमा ठक्कर दिएको थियोे ।बसको ठक्करबाट दाहिने खुट्टा भाँच्चिइ शरिरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएका उप्रेतीलाई रानीगञ्जमा सामान्य उपचारपश्चात थप उपचारका लागि गण्डक अस्पताल वीरगन्ज पुर्याइएकोमा साँझ ५:३० बजे चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार लालबन्दी नगरपालिका–७, बस्ने २२ वर्षीया लक्ष्मी विकको भने गण्डक अस्पतालमै उपचार चलिरहेको छ ।
दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाही सुचना अधिकृत प्रहरी निरिक्षक कृष्ण गिरीले जानकारी दिएका छन् ।