लालबन्दी,फागुन -८, नेपाली कांग्रेस मधेस प्रदेश समितिका सदस्य ध्रव रिजालले शनिवार (आज) सर्लाहीको लालबन्दी नगरपालिका–९, बस्तीपुरमा १५३ परिवारलाई चामल वितरण गरेका छन् ।
लालबन्दी नगरपालिका–५, रन्जितपुर निवासी रिजालले वडा नं. -९ का अतिविपन्न १५३ परिवारलाई २० किलोको एक/एक बोरा चामल वितरण गरेका हुन ।
मेधस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा विपन्न परिवारलाई चामल वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कांग्रेस मधेस प्रदेश उपसभापति समेत रहेका सिंहले विपन्न र गरिबलाई माया गर्ने एक मात्रै पार्टी कांग्रेस मात्रै भएकाले आगामी निर्वाचनमा कांग्रेसलाई मतदान गरेर बिजयी गराउन आग्रह गरे ।
देशमा संकट आएका बखत नेपाली कांग्रेस फलामझै भएर खडाहुने गरेको बताउदै,मन्त्री सिंहले बामपंथी र मधेस बादी दलका कारण देश दलदलमा परेको बताए । उनले ४ वर्ष अघि बामपंथीहरूकाे भुलभुलैया परेर जनताले उनिहरूलाई दिएको बहुमत त्यसै खेरगएकाे बताए ।
उनले आउदै गरेको स्थानीय निकाय लगायतका चुनावमा जनताले बिचार गरेर मतदान गर्नुपर्ने र कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने उनको तर्क थियो ।
कांग्रेस नेता रिजालले केही साताअघि आफ्नै गाउँ लालबन्दी–५, मा चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरेका थिए ।
उनलेे आर्थिक अवस्था कमजोर रहेका दिवंगत व्यक्तिका परिवारलाई आर्थिक सहयोग समेत गर्दै आइरहेका छन् । आगामी दिनमा पनि आफ्नो सहयोगका कार्यक्रम निरन्तर रहने बताए । पहिलो चरणमा लालबन्दीको वडा नंं. १ देखि १७ सम्म नै यस्ता सहयोगका कार्यक्रमले निरन्तरता पाउने बताए ।नेपाली कांग्रेसका स्वतन्त्रता सेनानी तथा वयोवृद्ध नेता देवराज पाैडेलकाे अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा काग्रेस सर्लाहीका नेताकार्यकर्ताहरूकाे उल्लेख्य सहभागिता रहेको थियोे ।