नेपाली कांग्रेस लालबन्दी -५,ले (शनिवार ) आज शाेक सभाको आयाेजना गरेको छ ।


वडाका क्षेत्रीय प्रतिनिधि नेत्रप्रसाद पाेखरेल ( सालिग्राम) काे ६१ वर्षको उमेरमा गत फागुन १ गते निधन भएको थियोे ।
पाेखरेकाे निधन प्रति दु:ख व्यक्त गर्न आयोजित शाेक सभामा नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य ध्रुव रिजाल,सर्लाही क्षेत्र नं.१ का क्षेत्रीय सभापति हरि लुङगेली क्षेत्र (ख)का सभापति सीताराम दाहाल नगर सभापति प्रशान्त आचार्य, नेताहरू शिव कुमार गुर्मछान,लालबन्दी -५,का वडा सभापति मीनप्रसाद ढुंगेल ( रामु) महाधिवेशन प्रतिनिधि,क्षेत्रीय प्रतिनिधि तथा कांग्रेसका अन्य नेता कार्यकर्ताकाे उपस्थिति रहेको थियोे ।
क्यान्सर राेगबाट पीडित पाेखरेलकाे निधन प्रति शाेक तथा सहानुभूति प्रकट गर्न पुगेका प्रदेश कार्यसमिति सदस्य युवा नेता ध्रुव रिजालले शाेकमा रहेका परिवारलाई नगद १० हजार १ सय सहयोग गरेका छन् ।
शाेकमा रहेका पाेखरेल परिवारलाई लालबन्दी वडा नं -५, कार्यसमिति पनि नगद सहयोग गरेको छ । कांग्रेस नेतनरहरू शिव गुर्मछान र नवराज अधिकारीले पनि पाेखरेल परिवारलाई सहयोग गरेका थिए ।