लालबन्दी,फागुन -७,पिकअप गाडिमा प्लाष्टिकको ड्रममा राखी लुकाईछिपाई लादै गरेको  १२६ किलो ग्राम लागुऔषध गाँजा सहित २ युवकलाई नवलपुर  प्रहरीले पक्राउ गरेकोे छ ।


प्रहरीलेे विशेष सुचनाको आधारमा शनिवार  विहान अन्दाजी ७:२० बजेको समयमा जिल्लाकाे  लालबन्दी नं.१ नबलपुर स्थित  भवानी हेल्थ केयर अगाडीबाट गाडिका चालक  धादिङ सिदुलेख गाउँपालिका वडा नं ६ का अन्दाजी २२ वर्षे सुरेन्द्र बि.क. र  सोही गाडीमा चालकसंगै छेउमा बसेर हिडेका  मकवानपुर कैलाश गाउँपालिका वडा नं.२ का  अन्दाजी  ४८ बर्षका भिमलाल मोक्तान रहेका छन् ।
ईलाका प्रहरी  कार्यालयल नवलपुर, सर्लाहीबाट चेकिङमा खटिएको प्रहरीको टोलीले सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ आइरहेको प्र.३-०१-०२४७५९१ नं.को योद्धा पिकअप गाडिलाई रोकी चेकजाचँ गर्दा उक्त गाडीको पछाडी भागमा राखिएको Polytank लेखिएको २ वटा प्लाष्टिकको ड्रममा लुकाईछिपाई राखेको प्लाष्टिको १६ वटा पोकामा प्याकिङ गरि राखिएको लागू औषध गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए। जनाएको छ ।
प्रहरीले उनिहरूकाे साथबाट Redmi कम्पनीको मोवाईल थान-१, सादा मोबाईल थान-१ र नगद ८५ हजार समेत वरामद भएकाे प्रहरीले जनाएको छ ।
लागू औषध गाँजा सहित पक्राउ परेकाहरू संग  आवश्यक  अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।