लालबन्दी,फागुन – ७,नेपाली कांग्रेस लालबन्दी १० काे वडा पार्टी कार्यालय उद्घाटन गरिएको छ ।


पार्टी कार्यालयकाे मधेस प्रदेश उपसभापति एवम् महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह र मधेस प्रदेश समिति सदस्य ध्रुव रिजालले उद्घाटन गरेका हुन ।


पार्टी कार्यालय उद्घाटन पछि आयाेजित सभामा बाेल्दै मन्त्री वीरेन्द्र प्रसाद सिंहले कार्यालय स्थापनाले कांग्रेसलाई मजबुत बनाउन सहयोग पुर्‍याएकाे भन्दै धन्यवाद ज्ञापन गरे ।


स्थानीय तहको चुनाव नजिकिएकाले पार्टीका गतिविधिहरू तिव्र गतिले अघि बढाई पार्टीलाई नगरहुदै सवै ठाउँमा जिताउनु पर्ने तर्क गरे ।अहिले पार्टीको जिल्ला अधिवेशन पनि नजिकिएकाले आम कार्यकर्तामा विवेककाे प्रयोग गर्ने समय आएको मन्त्री सिंहको तर्क थियो ।
अहिले विवेककाे प्रयोग नगरे आउने पाँच वर्ष आम कार्यकर्ताले पक्षताउनु पर्ने उनको भनाइ थियोे । अहिले विवेककाे प्रयोग गरिए जिल्लाकाे सवै स्थानीय तह ,प्रदेश र संसदीय क्षेत्रमा पार्टी विजय हुने मन्त्री सिंहले बताए ।
उपसभापति सिंहले आफू मन्त्री भएपछि लालबन्दी -१७ रानीगञ्जमा रहेकाे फाैदसिंह माविको खेलमैदान निर्माणका लागि ८० लाख लायन्स कल्वकाे लागि २० लाख बजेट विनियोजन गरेको बताए । उनलेे यश क्षेत्रमा जिम कल्व, खेलमैदान निर्माणकाे लागि पनि बजेट विनियोजन गर्ने बताए ।मन्त्री सिंहले पार्टी कार्यालयका लागि २५ थान कुर्सी सहयोग गरेका छन् । प्रदेश कार्यसमिति सदस्य तथा युवा नेता ध्रुव रिजालले, यश क्षेत्रमा नेपाली कांग्रेसको चारतारे झण्डा फहरिएको हेर्ने आफ्नो चाहना रहेको बताए ।
उनलेे पार्टी कार्यालय उद्घाटन भएको वडा लगायत स्थानीय तह,प्रदेश र संसदीय निर्वाचनमा पार्टी विजयी हुने विस्वास व्यक्त गर्दै,पार्टी कार्यालय सञ्चालनका लागि नगद १० हजार सहयोग गरेका थिए ।
वडा नं .१० का वडा सभापति उदय पाख्रिनकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा सर्लाही क्षेत्र नं .१ का सभापति हरि लुङगेली, प्रदेश (ख) का सभापति सीताराम दाहाल,नगर सभापति प्रशान्त आचार्य ,महासमिति सदस्य,क्षेत्रीय प्रतिनिधि ,वडा सभापतिहररू तथा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूकाे उल्लेख्य सहभागिता रहेको थियोे ।