लालबन्दी,फागुन -५, सर्लाहीको हरिपुर नगरपालिका -३,फरहदवामा बुधबार साँझ दाल उद्योग भएको आगलागिबाट पाँच लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ ।


विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट एक लाख बराबरको दाल उत्पादनमा प्रयोग हुने मेसिन, दुई लाख बराबरको तेल, बीस हजार बराबरको कराही, एक लाख ५० हजार बराबरको कच्चा पदार्थ र सत्तरी हजार बराबरको बाँसको छाप्रो जल्दा पाँच लाख ४० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उद्योग सञ्चालन भईरहेकाे अवस्थामा विद्युत सर्टभई आगलागि भएको उद्योगका सञ्चालक श्याम ठाकुरले बताए ।
आगाे निभाउन ईलाका प्रहरी कार्यालय हरिपुरको टाेली र स्थानीयललाई झण्डै आधा घण्टा लागेको थियाे ।
सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीका अनुसार आगलागिबाट फ्याक्ट्रीमा रहेको मेसिनरी सामानसहित कच्चापदार्थ जलेको भएपनि मानवीय क्षति भने भएको छैन ।
उता जिल्लाको बागमती नगरपालिका ४ मा आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ ।
बुधवार दिउँसो स्थानीय देवराज सिङतानको एक तले फुसको घरमा विद्युत सर्ट भई आगलागि हुँदा घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडासमेत जलेको छ। मानविय तथा चौपायाकाे भने क्षति नभएको सर्लाही प्रहरीले जनाएको छ ।