विसुनदेव सरदार/लहान,फागुन -४,सिरहाको धनगडीमाई नगरपालिका – ५ मोथियाहीमा २ दिने दङ्गल कुस्ती प्रतियोगिता आज बुधबार सम्पन्न भएको छ।


नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति तथा संविधान सभा सदस्य सिरहाका सभापति रामचन्द्र यादवद्वारा आयाेजित दङ्गल कुस्ती प्रतियोगिता सम्पन्न भएको आयोजकले जानाएको छ।


पहिला पहिला निकै लोकप्रिय रहेको हाल लोप हुदै गएको दङ्गलकुस्ती प्रतियोगिता अहिले निकै रोचक मनोरञ्जनात्मक क्षेत्र बन्न पुगेकाे प्रतियोगिता हेर्न आएका दर्शकहरू बताउछन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व शिक्षा मन्त्री नेतृ चित्रलेखा यादवले मंगलवार दङ्गलकुस्ती प्रतियोगिता उद्घाटन गरेकी थिईन् ।कार्यक्रममा विशिष्ट अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सिरहाका सभापति रामचन्द्र यादव , प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी , नेपाली काङ्ग्रेस सिरहाका क्षेत्रीय सभापतिहरुको उपस्थिति रहेकाे थियोे । दङ्गलकुस्तीमा नेपाल तथा भारतका चर्चित पहलवानहरुले भाग लिएका थिए ।माँ राजदेवी मन्दिरको प्राङ्गणमा आयोजित सो मेला तथा दङ्गल कुस्ती प्रतियोगिता हेर्न सिरहा भरिका स्थानीय युवा , जेष्ठनागरिक , राजनीतिककर्मी लगातकाको उपस्थिति रहेको थियोे ।
सँगै माँ राजदेवी शोभा कलश यात्रामा हजारौंको सङ्ख्यामा सहभागिता देखिएको थियोे । जसले आशा , मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ।
माँ राजदेवी मन्दिरको प्राङ्गणमा प्रत्येक वर्ष पुर्णिामा नजिकिएसँगै हजारौं सङ्ख्यामा पुजापाठ गर्नेको सङ्ख्या र स्थानीय तथा ठाउँठाउँबाट भक्तजनको घुईचो लाग्ने गरेको मन्दिरका पुजारी अन्तिलाल चौधरीले बताए ।