सर्लाही,फागुन -४,एमसीसीको विरोधमा विभिन्न दल र मोर्चाले आह्वान गरेको बन्दको सर्लाहीमा आंसिक प्रभाव देखिएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी,मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टीहरूले बुधवार (आज) नेपाल बन्दकाे घाेषणा गरेका हुन् ।


बन्द घाेषणा पछि जिल्लाका निजी विद्यालयहरु सञ्चालन नभएपनि यातायातलगायत अन्य क्षेत्रमा यसको प्रभाव न्यून देखिएको छ । राजमार्गमा लामाे दुरिकाे यातायातका साधन नचले पनि छुटाे दुरिकाे सवारीसाधन निर्बाध चलेका छन् ।सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्लाकाे राजमार्ग लगायत विभिन्न ठाउँमा सुरक्षाकर्मीकाे संख्यामा वृद्धि गरिएको छ।  
अहिले सम्म सर्लाहीको अवस्था सामन्य रहेकाे र बजार पसल खुलेका सर्लाही प्रहरी प्रवक्ता प्रनाउ माधवप्रसाद बुढाथोकीले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
यश सम्बन्धमा गृह मन्त्रालयले मंगलबार नै सर्कुलर जारी गरेर सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएको थियो ।