धनकाैल,फागुन – ३, सर्लाहीको दक्षिण पश्चिम क्षेत्रमा पर्ने धनकाैल गाउँपालिकाले मंगलवार (आज) पालिकाका विपन्न नागरिकलाई ग्यास सिलिन्डर वितरण गरेकाे छ ।


धुवाँ रहित पालिका बनाउने उद्देश्यले गाउँपाकामा बसाेवास गर्ने ३६ सयभन्दा बढि स्थानीयलाई ग्यास सिलिन्डरकाे सेटनै वितरण गरिएको कांग्रेस धनकाैल गाउँ पालिका का युवा नेता दिपेन्द्र साहले चियाेचर्चाे खबरलाई जानकारी दिए ।


दाउरा पाउन छाडे पछि उखुको उखाैताे ,पराल गुईठा प्रयोग गरि खाना पकाउदै आएका यहाँका नागरिकमा धुवाँका कारण स्वासप्रस्वास लगाएका समस्या देखिदै आएकाले नागरिकको स्वास्थलाई मध्यनजर गर्दै आफुहरूले ग्यास सिलिन्डर सेट वितरण गरेको गाउँपालिका अध्यक्ष रामआश्रय साहले बताए ।


आफू निर्वाचित भएपछि नागरिकको शिक्षा स्वास्थ्यलाई र कृषि लाई प्रमुख प्राथमिकतामा राखेर काम गरेको नेपाली कांग्रेस सर्लाही क्षेत्र नं . ४ का क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष साहले बताए ।
पालिकाकाे भाैतिक निर्माणसंगै आफुले किसान हरूकाे जीवनस्तर सुधार्नका लागि किसानहरूकाे लागि कृषि औजार, भूमिगत सिंचाइकाे लागि बाेरिङसमेतकाे प्रवन्ध मिलाएको अध्यक्ष साहले बताए ।
अभियान अन्तर्गत आज पहिलो दिन वडा नं. १ का विपन्न नागरिकलाई ग्यास सिलिन्डर , चुल्हो र नेपाल गुणस्तर प्रमाण चिन्ह भएको रेगुलेटरसहितको सेट वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
क्रमशः पालिकाकाे १ देखि ७ नम्बर वडा सम्म वितरण गरिने निम्ति प्रमुख प्रशासकीय अधिकृत कृष्णमाेहन प्रसाद साहले बताए ।