सर्लाही,फागुन -१, नेपाली कांग्रेस सर्लाही क्षेत्र नं -१ का महाधिवेशन प्रतिनिधि एवम् समाजसेवी युवा नेता मनाेज आचार्य दम्पतीले एक दलित( चमार) समुदायकी युवतीको आफ्नै खर्चमा विवाह गराईदिएका छन् ।
ईश्वरपुर – ३ स्थानीय घर भएका युवा नेता आचार्यले शुक्रवार ( हिजो ) आफ्नै गृह नगर -६ का रामनरेश रामकी छोरी अञ्जली रामको विवाह गराई दिएका हुन् ।
रामनरेशकाे बस्ने आफ्नो घरसमेत छैन । उनि ईश्वरपुरमै कोठा भाडामा लिएर परिवारकासाथ बस्दै आएका छन् ।
रामनरेशले आर्थिक अभाकाे कारण छाेरीकाे विवाह गर्न नसकेको खबर युवा नेता आचार्यले युवा सेवा समाज नामक संस्थाका अध्यक्ष अलताफ मिकरानी मार्फत थाहा पाएका थिए ।
आफुले अञ्जलीकाे विवाहमा सहज हाेस भन्ने उद्देश्यले टेन्ट, जन्तीको स्वागत तथा भोज लगायतमा हुने खर्च व्यहाेरीदिएकाे युवा नेता आचार्यले चियाेचर्चाे खबरसंग बताए ।
आर्थिक अभावले घर बनाउन नसकेका रामनरेश रामको अब चाडैं घरसमेत बनाईदिने युवा नेता आचार्यले बताएका छन् ।
धर्मपत्नी सुनिता श्रेष्ठकासाथ राम नरेशको घर पुगेर समाजसेवी युवानेता आचार्यले अञ्जलीलाई सहयोग रकम प्रदान गर्दै दाम्पत्य जीवन सफलताको शुभकामना दिएका थिए ।
यस अघि युवा नेता आचार्यले श्रीमती सुनिता श्रेष्ठको ४३औ जन्मदिनको अवसरमा ईश्वरपुरका क्यान्सर पीडित चेत नारायण चौधरीलाई आर्थिक सहयोग गरेका थिए ।
सर्लाहीकाे ईश्वरपुर -३, स्थायी घर भएका आचार्यले काेराेना महाव्याधिकाे समयदेखि सर्लाहीमा विभिन्न समाजसेवाकाे कार्यमा सक्रियता देखाई रहेका छन् ।
आचार्यले पछिल्लो समय , असहायका लागि घर निर्माण, प्रहरीकाे गाेली लागि मृत्यु भएका परिवारलाई आर्थिक सहयोग,आन्दोलनका क्रममा गाेली लागि घाइते युवालाई आर्थिक सहयोग, विपन्न विद्यार्थीलाई अध्ययनमा छात्रवृत्ति लगायत समाजसेवाका विभिन्न क्रियाकलाप गर्दै आइरहेका छन् ।