हरिवन,फागुन -१,नेकपा (एकीकृत समाजबादी) आवद्ध जनबर्गिय संगठनले आज (आईतवार) सर्लाहीको हरिवनमा विरोध प्रदर्शन गरेका छन ।


युवा संघ नेपाल, अनेरास्ववियु अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघ आवद्ध समुहले प्रदर्शन गरेको पार्टी प्रचार बिभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिए ।
हरिवन चोकमा उल्लेख संख्यामा भेला भएका नेकपा एकीकृत समाजवादीका कार्यकर्ताको जुलुस बजार परिक्रमा पछि कोण सभामा परिणत भएको थियोे ।
जुलुसमा राष्ट्रघाती एमसीसी परियोजना खारेज गर, अमेरिकी सेना चाहिदैन- एमसीसी ल्याउन पाईदैन, बिजुलि-बाटो बहाना हो- हस्तक्षेप गर्ने चाहाना हो जस्ता नारा लगाइएको थियो ।
जुलुस पछी भएको कोण सभामा पार्टीका नेताहरु उत्तर कुमार मैनाली. जय गोले, राज कुमार बिक, लिलि घिसिङ लगाएतले सम्बोधन गरेका थिए ।
राष्ट्रब्यापी कार्यक्रम अन्तर्गत हरिवनमा प्रदर्शन गरिएको प्रचार बिभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिए ।