श्रीनगर, फागुन –१, सर्लाहीकाे श्रीनगर र सासापुमा केही महिनाअघि जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका दुई  जनाको परिवारलाई डिभिजन वन कार्यालय लालबन्दीले राहत रकम प्रदान गरेको छ।


वन कार्यालयले हात्तीको आक्रमणमा परी ज्यान गुमाएका सर्लाहिकाे ईश्वरपुर नगरपालिका –१३ श्रीनगरका रामाशिष महतो कोइरी र हरिवन नगरपालिका–४, सासापुरकी तेतरी धुनियाइनको परिवारलाई  राहत स्वरूप १०/१० लाख रुपैयाँ प्रदान गरेको  हो ।
डिभिजन वन प्रमुख सन्तोष कुमार झासहित घरमै पुगेका वन कर्मचारीहरूले  रामाशिषकी श्रीमती सियावती र तेतरीकी बुहारी नजिरा खातुनलाई राहत रकम हस्तान्तरण गरेका  डिभिजन वन कार्यालय लालबन्दीले जनाएको छ । प्रक्रिया पूरा गर्दा समय लागेकाले पीडित परिवारलाई राहत उपलब्ध गराउन ढिलाइ भएको कार्यालयले जनाएको छ ।
सर्लाहीमा केही महिना अघि महिनाै यश क्षेत्रमा बसेर आतंक मच्चाएकाे थियोे । जसका कारण  ईश्वरपुर, लालबन्दी र हरिवन नगरपालिकाका नागरिक प्रभावित भएका थिए । यहाँ दर्जनौं घरमा हात्तीले क्षति पुर्‍याकाे थियो । मान्छेकै मृत्यु भएका परिवारले राहत पाएपनि आफुहरूलाई भने वास्तै नगरिएको पीडित परिवारकाे गुनासो छ ।