बागमती,माघ- २९,सर्लाहीको बागमतीमा  करेन्ट लागेर एक युवकको मृत्यु भएको  छ ।
मृत्यु हुनेमा जिल्लाको बागमती नगरपालिका -८ का श्याम कुमार महतोको छोरा अन्दाजी बर्ष २५ को रामु महतो रहेका छन् ।


महताेलाई बागम्ती नगरपालिका -२, का कुमार परियारको छत ढलान गर्ने क्रममा  छतको रड घर छेउमा रहेको बिजुलिको तारमा छुन गई करेन्ट लागेको थियोे ।
करेन्ट लागि घाइते भएका महताेलाई उपचारको लागि नयाँ राेड स्थित  जिवन अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
महताेलाई बचाउने क्रममा साेहिठाउँका २१ वर्षे दिपक कुमार महतो  करेन्ट लागि घाईते  भएका र उनको उपचारको चलिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका सुचना अधिकृत
प्रनाउ माधब प्रसाद बुढाथोकी जानकारी दिएका छन् ।