कविलासी,माघ-२८, सशस्त्र प्रहरी बलकाे गस्ती टाेलीले सर्लाहीको बरहथबा नगरपालिका-१७, श्रीपुर कटानीबाट ठूलाे परिमाणमा नेपालमा प्रतिबन्धित लागूऔषध नाईट्राभेट ट्याब्लेट बरामद् गरेकाे छ ।


सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँका अनुसार सशस्त्र प्रहरी बल सुन्दरपुर चाेहर्बा बेस क्याम्पकाे गस्ती टाेलीले शुक्रबार (आज)मध्यान्ह १२ हजार ट्याब्लेट नाईट्राभेट बरामद गरेकाे हाे । ना. ५५ प ९२८ नम्बर २२० सीसीकाे माेटरसाईकलमा बाेरा भित्र राखेर ल्याइरहेकाे अवस्थामा नेपालमा लागूऔषधकाे रूपमा प्रयोग हुने उक्त ट्याब्लेट बरामद् गरिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।
सशस्त्र प्रहरीकाे गस्ती टाेलीलाई देख्ने बितिकै ओसारपसार संलग्न माेटरसाईमलमा चालक भने फरार भएकाे सशस्त्र उपरीक्षक खनियाँले जानकारी दिए ।चालकले बाेराभित्र ४० वटा पाेका बनाएर १२ हजार ट्याब्लेट नाईट्राभेट ल्याएका थिए । नेपालमा लागूऔषधकाे रूपमा प्रयोग हुने गरेको नाईट्राभेट भारतमा भने औषधिकाे लागि प्रग हुने गर्दछ ।
बरामद् माेटरसाईकल र प्रतिबन्धित ट्याब्लेट आवश्यक कार्बाहीकाे लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भईरहेकाे
सशस्त्र उपरीक्षक खनियाँले जानकारी दिए ।