लालबन्दी,माघ -२७, सर्लाहीको लालबन्दी -१, नवलपुरमा बिहीबार बिहान राजनीतिक दलका अगुवाहरुसँग अन्तरक्रिया गरिएको छ ।
दलित सरोकार मञ्च नेपाल, सप्तरीको आयोजनामा नवलपुर स्थित अनमाेल हाेटलमा भएको कार्यक्रममा स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्वको अवस्था र भावी कार्यदिशा विषयमा अन्तरक्रियाका गरिएको थियोे ।
सहभागी दलका कार्यकर्ताहरूले स्थानीय तहमा जनसंख्याका आधारमा दलितहरुको प्रतिनिधित्व हुनुपर्ने बताएका थिए । उनलेे आफुहरू सम्बद्ध दलमा त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाएका कार्यक्रममा सहभागी बहुजन समाज परिषद् नेपालका वरिष्ठ नेता राजाराम पासवानले बताए ।
दलित सरोकार मञ्च नेपालका आइटी अफिसर सुनिल सरबरियाको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक डा. बिजय प्रसाद मिश्रले स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्वको अवस्थाबारे सहभागीहरुलाई प्रशिक्षित गरेका थिए ।