राैतहट,माघ-२६,राैतहटकाे ईशनाथ नगरपालिकाकाे गहुखेतमा एक महिलाको शव बुधवार ( आज) फेला परेको छ ।

रौतहट प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार जिल्लाकाे ईशनाथ नगरपालिका- ९ लौतनाटोलका मोहम्मद कलाम मिया को १९ वर्षिया छोरी चाँदनी खातुनकाे शव फेला परेको हाे ।
मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँ खेतमा महिलाकाे शव फेला परेको प्रहरी उपरिक्षक घिमिरेले जानकारी दिए ।
स्थानियले बुधवार बिहान लौतना र मठिया टोलको बिचमा गहुँ खेतमा खातुनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।केही बर्ष अघि बिवाह भएपनि खातुन माइती घरमै बस्दै आएकी थिईन ।
घटना रहस्यमय रहेको र यस सम्बन्धमा अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।